सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द



श्याम कुमार ठाकुर
सिरहा, असार १३ । सुनचाँदी व्यवसायीहरूले सुरु गरेको आन्दोलनले सिरहा (मिर्चैया) लगायतका सुनचाँदी पसल हरू अनिश्चितकालका लागि बन्द भएको छ । देशका प्रमुख शहरहरूमा सुनचाँदी व्यवसायीहरूले नयाँ बजेटका कर नीतिको विरोधमा सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द गरेका छन्। उनीहरूले सुनमा लगाइएको २.५ विलासिता कर र हिरा–पत्थरमा लागू भएको १३.५ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन र सुनमा भन्सार दर भारतसरह ६.५ कायम गर्न सरकारसँग माग राखेका छन्

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

व्यवसायीहरूले देशभरका आफ्ना पसलमा कालो ब्यानर राखेर कतिपय ठाउँमै पसल नै बन्द समेत गरेका छन् । उनीहरुले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन्

प्रकाशित मिति: २०८२ असार १३, शुक्रवार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको