युक्रेनलाई थप हतियार पठाउने ट्रम्पको घोषणा



एजेन्सी, असार २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेका छन ।
दुई देशबीच युद्धविराम गराउने प्रयास गरि रहेका ट्रम्प युद्धविराममा सहमति जुटन नसके पछि युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेका हुन ।

मिडियासँगको कुराकानीमा डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धको बारेमा खुलेर कुरा गर्दै अमेरिकाले चाँडै युक्रेनमा हतियार पठाउने बताएका छन् । उनले भने, ‘सबैलाई आफ्नो सुरक्षा गर्ने अधिकार छ, त्यसैले अमेरिकाले युक्रेनमा हतियार पठाउनेछ । हामी युक्रेनमा हतियार पठाउने तयारी गरिरहेका छौं। उनीहरूलाई पनि आफ्नो सुरक्षा गर्ने पूर्ण अधिकार छ । उनीहरूमाथि धेरै आक्रमणहरू भइरहेका छन्। त्यहाँ धेरै मानिसहरू मरिरहेका छन्।’

ज्ञातव्य होस की अमेरिकी राष्ट्रपति डोनाल्डले जुलाई ३ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका थिए । दुई बीचको कुराकानी लगभग १ घण्टा चलेको थियो । ट्रम्पले युद्धविरामको लागि पुटिनलाई मनाउन सक्दो प्रयास गरे । तर पुटिनले युक्रेनले नेटोमा सामेल हुने प्रयास नगरेमा मात्र युद्धविरामको बारेमा विचार गर्न सकिने शर्त राखेका थिए ।

प्रकाशित मिति: २०८२ असार २४, मंगलवार ०९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको