सप्तरीमा गेटले किचेर एक बालकको मृत्यु



वृजमान तामाङ
सप्तरी, असार २७ । सप्तरीको सप्तकोशी नगरपालिका–१, खोरियाटोलमा बिहीवार फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कट्वालका ४ बर्षिय छोरा समिर कट्वालको मृत्यु भएको हो।

विहिबार साँझ साथीहरूसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामको गेट अचानक लड्दा किचेर समिर गम्भीर घाईते भएका थिए।

गेटले किचेर घाइते बालकलाई उपचारका लागि विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।

बालकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको