तेजप्रतापको चुनावी गतिविधी तीब्र, आरजेडीको लागि नयाँ मुसिबतको संकेत



एजेन्सी
पटना, असार २७ । बिहार विधानसभाको चुनाव नजिकीदै जादाँ आरजेडी सुप्रिमो लालुप्रसाद यादवका जेठो छोरा तेजप्रतापको चुनावी गतिविधी तीब्र भएको छ ।

पार्टी र परिवारबाट निकालिए पछि तीब्र भएको तेजप्रतापको चुनावी गतिविधी अगामी विधानसभा चुनावमा पार्टी र परिवार दुबैका लागि नयाँ मुसिबतको संकेत गरेको छ । पछिल्ला केही दिन यता मिडियामा सक्रिय देखिएका तेजप्रताप बिहीबार वैशाली जिल्लाको महुआ विधानसभा क्षेत्रमा पुगे, जहाँ उनका समर्थकहरूको ठूलो संख्याले उनलाई स्वागत गरेको छ ।

बिहारका पूर्व मन्त्री समेत रहेका तेजप्रताप यादव महुआ मेडिकल कलेजको भ्रमण गरेका थिए । सो क्रममा उनले मिडियासँग कुरा गर्दै भने, म महुआमा मेडिकल कलेजको भ्रमण गर्न आएको थिएँ। हामीले चुनावमा वाचा गरेका थियौं कि हामी मेडिकल कलेज दिनेछौं। म जे वाचा गर्छु त्यो पूरा गर्छु। चुनाव लड्ने प्रश्नमा उनले भने, “यदि जनताले माग गरे भने, म लाई लड्नु पर्छ ।’

अनुष्का यादवसँगको उनको तस्बिर र भिडियो भाइरल भएपछि, आरजेडी सुप्रीमो र उनका बुबा लालु यादवले उनलाई पार्टी र परिवारबाट निष्कासन गरेका थिए, त्यसपछि उनी रोड नम्बर २६ मा रहेको आफ्नो निवासमा बस्दै आएका छन ।

मुकेश रोशन हाल महुआ विधानसभा क्षेत्रका आरजेडीका विधायक हुन्, यद्यपि तेज प्रताप यादवले धेरै पहिले नै घोषणा गरिसकेका छन् कि उनी महुआबाट चुनाव लड्न चाहन्छन् । यस्तो अवस्थामा तेज प्रतापको पछिल्लो कदम फेरि एक पटक पार्टी र परिवारको विरुद्धमा जान तयार भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रवार ०८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको