एजेन्सी
सरहसा, असार ३० । बिहार विधानसभाको निर्वाचन नजिकीदै जाँदा जनसुराजका प्रमुख प्रशान्त किशोरको निसानामा सरकार र विपक्ष दुबै पर्न थालेका छन ।
चुनावी अभियान तहत बिहार बदलाब यात्रा संचालन गरि रहेका प्रशान्त किशोरले आइतवार पुनः सरकार र विपक्ष लाई आफनो निसाना बनाएका छन ।
आइतवार सहरसा पुगेका प्रशान्तले सौरबजार ब्लक क्षेत्रको पुरानो हाई स्कूल मैदानमा विशाल जनसभालाई सम्बोधन गर्दै केन्द्र सरकार र आरजेडी प्रमुख लालु प्रसाद यादव सहित बिहार सरकारमाथि कडा टिप्पणी गरे ।
प्रशान्त किशोरले सभालाई सम्बोधन गर्दै भने कि बिहारमा परिवर्तन तब मात्र सम्भव छ जब तपाईं सही नेता छान्नुहुन्छ । साथै, उनले मतदाता संशोधनको बारेमा भने कि निर्वाचन आयोगले संशोधनको प्रक्रिया सुरु गरेको छ। यदि बंगलादेशी, नेपाली जनतालाई मतदाता सूचीमा समावेश गरिएको छ भने यो ठूलो चिन्ताको विषय हो, किनकि डेढ वर्ष अघि मात्र लोकसभा चुनाव भएको थियो र प्रधानमन्त्री नरेन्द्र मोदी एउटै मतले प्रधानमन्त्री बनेका थिए, त्यसो भए के निर्वाचन आयोगले लोकसभा चुनाव निर्वाचन नियमद्वारा भएको मानिरहेको छ, के बंगलादेशी वा अवैध मानिसहरू निर्वाचन नियममा छन ?
पीकेले थप भने कि दोस्रो ठूलो कुरा के हो भने यदि यस्ता मानिसहरू बिहारमा आएर बसिरहेका छन् भने बिहारमा नीतीश र भाजपाको सरकार छ, आखिर यस्ता मानिसहरू कसरी बसिरहेका छन्, प्रहरी प्रशासन के भन्दैछ, यो पनि चिन्ताको विषय हो, सरकारले यसको जवाफ दिनुपर्छ।






