बेलायतमा विमान दुर्घटनाग्रस्त



एजेन्सी , असार ३० । बेलायतको राजधानी लन्डनबाट ४५ माइल टाढा रहेको लन्डन साउथेन्ड विमानस्थलमा एउटा विमान दुर्घटनाग्रस्त भएको छ। आइतबार साँझ ४ बजे (स्थानीय समय) लन्डनको साउथेन्ड विमानस्थलमा उडान भरेको केही समयपछि एउटा व्यावसायिक विमान दुर्घटनाग्रस्त भएको हो ।

यस घटनाका केही तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। दुर्घटनास्थलबाट आगो र कालो धुवाँ उठिरहेको देखिन्छ । विमान १२ मिटर (३९ फिट) लामो रहेको बताइएको छ ।

दुर्घटनाग्रस्तविमान बिच बी २०० सुपर किंग एयर थियो । विमान नेदरल्याण्ड्सको लेलिस्ट्याडको लागि प्रस्थान गरेको थियो । अहिलेसम्म विमानमा कति जना सवार थिए भन्ने बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

प्रत्यक्षदर्शीहरूले दुर्घटनाग्रस्तविमानका पाइलटहरूले टक्कर हुनुभन्दा केही समय अघि बच्चाहरूलाई हात हल्लाएको बताए । आफ्ना छोराछोरी र श्रीमतीसँग विमानस्थलमा रहेका जोन जोनसनले विमान “टुक्रिएर जमिनमा खसेपछि“ ठूलो आगोको गोला देखेको बताए । उडान भरेपछि विमान १८० डिग्री घुम्यो । उडान भरेको तीन वा चार सेकेन्डपछि, विमान बायाँतिर तीव्र रूपमा झुक्न थाल्यो र त्यसपछि सिधै जमिनमा खस्यो।

प्रकाशित मिति: २०८२ असार ३०, सोमवार ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको