एजेन्सी
पटना, असार ३१ । बिहार विधानसभाको चुनाव नजिकीदै गर्दा असदुद्दीन ओवैसी नेतृत्वको पार्टी ऑल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनले छुट्टै चुनाव लडने घोषणा गरेको छ।
महागठबन्धन संगै जाने इच्छा जाहेर गरेका ओबैसीलाई महागठन्धनले भाउ नदिएपछि उनि छुट्टै चुनाव लडने घोषणा गरेका हुन । उनले भने, ‘महागठबन्धन (इण्डी गठबन्धन) सँग सहकार्य नगरी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने छौ ।’
ओवैसीले स्पष्ट शब्दमा भनेका छन, “अब एकतर्फी मोहब्बत चल्दैन । हामीले महागठबन्धनसँग सहकार्यको प्रस्ताव राख्यौँ, तर त्यसतर्फ कुनै सकारात्मक प्रतिक्रिया आएन।” उनले आरोप लगाए कि राजद नेतृत्वको महागठबन्धनले उनीहरूको प्रस्तावलाई गम्भीरतापूर्वक लिएन ।’
ओवैसीका अनुसार, अब उनको पार्टीले बिहारको सीमांचल क्षेत्रमा ध्यान केन्द्रित गर्दै आफ्नै बलमा चुनाव लड्नेछ । साथै उनले सम्भावित रूपमा तेस्रो मोर्चा गठनको संकेत समेत दिएका छन ्।
एएनआईसँग कुराकानी गर्दै ओवैसीले भने, “हामीमाथि झूटो आरोप लगाइयो। उनीहरू चाहँदैनन् कि गरीब र उत्पीडित वर्गबाट कुनै स्वतन्त्र नेता उठून । उनीहरू केवल आफ्ना आज्ञाकारी अनुयायी खोज्दै छन् ।”
यस घोषणापछि ओबैसीको दल अब इण्डी गठबन्धनबाट बाहिरिने मात्र नभई चुनावमा स्वतन्त्र मोर्चाको विकल्पको खोजीमा पनि देखिएको छ। यसले बिहारको मुस्लिम बहुल क्षेत्रहरूमा चुनावी समीकरणमा महत्वपूर्ण असर पार्न सक्ने अनुमान गरिँदैछ।




