सेफ्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु



चितवन, असार ३२ । चितवन स्थित भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ ।

असार ३० गते दिउँसो करीब ४ बजेतिर अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेकी पाँच वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकी निकै ठूलो छ । त्यसको ढकनीको भागबाट खेल्दै जाने क्रममा पाँच वर्षीया अन्जना खसेकी थिइन् ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार ०७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको