एजेन्सी
पटना, साउन ४ । बिहार विधानसभा प्रतिपक्षी दलका नेता तेजस्वी यादवले मतदाता सूची पुनरावलोकनको नाममा लोकतन्त्रमाथि प्रहार भइ रहेको आरोप लगाएका छन ।
बिहार विधानसभा चुनाव नजिकिँदै गर्दा चुनाव आयोगले राज्यभर मतदाता सूची पुनरीक्षण प्रक्रिया अघि बढाएको छ। तर, विपक्षी दलहरूले उक्त प्रक्रिया पारदर्शी नरहेको भन्दै लगातार विरोध जनाइरहेका छन् । यसै क्रममा, शनिवार यादवले चुनाव आयोग र भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाउदै मतदाता सूची पुनरावलोकनको नाममा लोकतन्त्रमाथि प्रहार भइ रहेको बताए ।
तेजस्वी यादवले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भाजपा सरकारको इशारामा चुनाव आयोगले मतदाता सूची पुनरीक्षणको आडमा लोकतान्त्रिक अधिकारमाथि प्रहार गरिरहेको बताए । उनले लेखेका छन्, “यस अन्यायपूर्ण र पक्षपाती प्रक्रियाको विरोधमा मैले देशभरका विभिन्न दलका ३५ वरिष्ठ नेताहरूलाई पत्र लेखेको छु । जबसम्म यो प्रक्रिया पारदर्शी र समावेशी हुँदैन, तबसम्म हामी सबै मिलेर यसको विरोध जारी राख्नेछौ ं।“
यसअघि पनि १७ अप्रिलको पत्रकार सम्मेलनमा तेजस्वीले चुनाव आयोगको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । उनले भनेका थिए, “हामीले धेरै पटक प्रेस कन्फरेन्स ग¥यौं, चुनाव आयोगसँग भेट ग¥यौं, सुप्रीम कोर्ट पनि गयौं, तर हाम्रो मागलाई नजरअन्दाज गरियो। आयोगले एकपटक पनि पारदर्शी प्रेस कन्फरेन्स गर्न सकेन।”
तेजस्वीका अनुसार १९ जुलाईमा दिल्लीमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको घरमा प्रमुख विपक्षी दलहरूको एक महत्वपूर्ण बैठक डाकिएको छ । उनले भने “उक्त बैठकमा म स्वयं सहभागी हुनेछु र आगामी रणनीति तय गरिनेछ,” ।
तेजस्वी यादवले चुनाव आयोगको निष्पक्षता माथि प्रश्न उठाउँदै भने, “अहिलेसम्म धेरै ठाउँमा बीएलओ पुग्न सकेका छैनन्। हामीसँग थुप्रै प्रमाण छन्। चुनाव आयोगलाई ग्राउन्ड रियालिटी देखिँदैन? कि उसैलाई सबैभन्दा इमानदार ठानिएको हो?”
तेजस्वीले अमित शाह र मोदीको इशारामा आयोग काम गरिरहेको गम्भीर आरोप लगाएका छन ।
तेजस्वीले चुनाव आयोगलाई चुनौती दिँदै भने, “आज जसको नाम तपाईंहरू हटाउँदै हुनुहुन्छ, उसको पूरा विवरण – नाम, ठेगाना, कारण सबै सार्वजनिक गर्नुपर्छ।”




