ओम प्रकाश यादव
रौतहट, साउन ७ । पछिल्लो एक वर्षमा रौतहटका ६३ जना सशस्त्र प्रहरीले आपतकालीन रक्तदान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेड क्वाटर रौतहटमा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक वर्ष २०८१/०८२ मा ६३ पटक आपतकालीन रक्तदान गरी ६३ जनाको ज्यान जोगाउन सहयोग गरेका हुन्।
रक्तदान नै जीवन दान हो, रगतको अभावमा अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै रौतहटको विभिन्न प्रहरी युनिटमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूले इमर्जेन्सीमा रक्तदान गरी ६३ जनालाई नयाँ जीवन दिएका छन्।
आज मात्रै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटमा कार्यरत हवल्दार उपेन्द्र मुखियाले एक जना गर्भ्वती महिलालाई रक्तदान गरेका छन्।
जिल्लाको माधवनारायण नगरपालिका–४, विशुनपूर्वा मानपुरमा बस्ने २८ वर्षीया लक्ष्मीमाया देवीलाई मुखियाले रक्तदान गरेका हुन् ।
रगतको अभावमा प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउन छट्पटाइरहेको थाहा पाउन साथ हवल्दार मुखियाले प्रादेशिक अस्पताल गौरमा नै उपस्थित भई आपतकालीन रक्तदान गरेका थिए।
सशस्त्र प्रहरी बल, नेपाल नं। ११ गण हे।क्वा। रौतहट र मातहतका कार्यालयहरूबाट हालसम्म विभिन्न मितिहरूमा रगत आवश्यक परेका बिरामीहरूलाई एक बर्षमा कूल ६३ जना प्रहरी कर्मचारीहरूले आफ्ना स्वइच्छाले रक्तदान गरेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा कायम राख्ने आफ्ना जिम्वेवारी बहन गर्दै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको एसपी बस्नेतले बताए ।
एसपी बस्नेतले भने, ुरक्तदान जीवनदान हो, मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । त्यही भएर हामीले आफ्ना कर्तव्य निर्वाह गर्नुका साथ साथै रगतको अभावमा जीवन मरणको दोसाँधमा पुग्ने नागरिकलाई रक्तदान गरी ज्यान जोगाउन सहयोग गर्दै आएका छौं ।ु
उनले अगाडि थपे, ु हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने रु
उनले भने, ुहामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ रु त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।ु
रक्तदान गरेजस्तो पुण्यको काम अरु केही नहुने बताउँदै एसपी बस्नेतले समस्यामा परेकालाई रक्तदान गरी ज्यान जोगाउन सहयोग गर्न आग्रह गरे।
यसैबीच प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले बिरामीलाई उपचारको क्रममा रगत अती आवश्यक परेको समयमा सशस्त्र प्रहरीले रक्तदान गरी सहयोग पुर्याउँदै आएको बताएका छन्।
सशस्त्र प्रहरीद्वारा हुने गरेको रक्तदानले दर्जनौँ बिरामीको ज्यान जोगिएको अध्यक्ष हासमिले बताए ।
आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् ।
योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ ।




