‘जनतालाई हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’



काठमाडौं, साउन ७। आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनतालाई हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त रहेको आरोप लगाएका छन ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए ।

उनले भने, ‘तराई मधेशमा खानेपानीको हाहाकार छ । अवस्था काकाकुल छ, पानी पानी भन्दा भन्दै जनताहरु थाकि सकेका छन् । सुन्नेहरुको कान पनि पाकि सकेको छ ,तर सरकारले सुनेको छैन् । म सरकारलाई सोध्न चाहान्छु खाने पानी दिने हो की होईन् । खानेपानी दिने हो भने कहिले दिने हो भन्ने कुरा जान्न चाहान्छ। सरकारका मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउनु हुन्छ तर जनताले सामान्य पानी पनि खान पाएको छैन् ।’

यस्तै, उनले खानेपानी सँगै मलको जिम्मेवारी पनि सरकारको भएपनि आजसम्म किसानले मल नपाएको बताए ।

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधवार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको