मधेश प्रदेशमा खानेपानीको हाहाकार, सरकार कमिसनरी योजनाको तयारीमा



जनकपुरधाम, जेठ १७ । जनकपुरधाम सहित मधेश प्रदेशका जिल्लाहरुमा खानेपानीको हाहाकार रहेका बेला मधेश प्रदेश सरकार आगामी आर्थिक बर्षकालागि कमिसन बढी आउने हिसावका योजनाहरुको बारेमा छलफल तथा निर्णयहरु गर्न थालेको छ ।

मधेश प्रदेश सरकारको उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले विद्युतिय शवदाह गृह निर्माणकालागि शुक्रबार सरोकारवलाहरुको नाममा सो निर्णय गरेको छ । करिव एक करोडको लगानीमा सो शवदाह गृह निर्माण गरिने सो छलफलमा जानकारी गराईएको थियो । तर, चुरे क्षेत्रमा पानीको सम्भावित ठाउँ, पानी रिचार्जिङ्ग सेन्टर, पानीको मुल खोजी लगायतको विषयमा मन्त्रालयले आज सम्म कुनै छलफल वा निर्णय गर्न सकेका छैनन् ।

मन्त्रालयले आफ्नो क्षेत्राधिकारबाट बाहिर गएर बातावरण प्रदुषणको नाममा गर्न लागेको यो निर्णय भन्दा चुरे क्षेत्रमा वाटर रिचार्जिङ्ग सेन्टर स्थापना, ठाउँ ठाउँमा ठूला साना डैम निर्माण गर्दा मधेश क्षेत्रमा खाने पानी संगै सिँचाईकोलागि उत्तम प्रवन्ध हुने जानकारहरु बताउँछन् ।

मन्त्रालयले बनाउन लागेको योजना तथा आगामी आर्थिक बर्षकालागि संकलन गर्न लागेको सुझाव मन्त्रालयको कार्यक्षेत्र भन्दा बढी कमिसन आउने खालको हुने अनुमान समेत गरिएको छ । मधेश प्रदेशका अधिकांस चापा कलहरु सुखेर पानी आउँन छाडिरहेको छ भने नदी नालमा समेत पानीको सतह अत्यधिक नैघटेको छ । स–साना नदीनालहरु सुखेका कारण मधेश क्षेत्रमा सिँचाईको ठूलै समस्या हुने गरेको छ ।

मधेश क्षेत्रमा अहिले आउने बाढी लगायतका रोकथाप तथा अतिवृष्टि, अनावृष्टि रोक्ने समेत कुनै योजना छैन् । विज्ञहरु भन्छन्–‘मधेश प्रदेशकालागि सवै भन्दा अमृत मन्त्रालय भनेको खानेपानी मन्त्रालय रहेपनि त्यहा पुगेका, बसेका व्यक्ति विशेषको इच्छा शक्तिकै अभावका कारण मधेश क्षेत्रमा पानीको समस्या हुने गरेको छ ।’

मधेशका ९० प्रतिशत नागरिक दूषित पानी पिउँदै

मधेश प्रदेशमा खानेपानीकोमधेश प्रदेशको समग्र जनसङ्ख्याको ९० प्रतिशत मानिसले अझैपनि जीवाणुयुक्त खानेपानी खाइरहेको एक तथ्याङ्कले देखाउँछन् । ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय मधेश प्रदेश सरकार कै तथ्याङ्कले यो आकडा देखाउँछन् ।

युनिसेफद्वारा जारी गरिएको एक तथ्याङ्कअनुसार नेपालको सम्पूर्ण जनसङ्ख्याको २४ प्रतिशत मानिसको पहुँचमा मात्रै शुद्ध खानेपानीमा रहेको छ । मधेश प्रदेशमा त्यो भन्दापनि कम १० प्रतिशत मानिसले मात्रै शुद्ध खानेपानी खान पाएको उक्त तथ्याङ्कले देखाउँछन् । उक्त तथ्याङ्क अनुसार मधेश प्रदेशका सहरी क्षेत्रमा तीन प्रतिशत नागरिकमा अझै खानेपानीको पहुँच छैन भन्ने ग्रामीण भेगका ०.६ प्रतिशत नागरिकमा खानेपानीको समस्या अझै कायम छ ।

यस प्रदेशमा ६७ प्रकारको पानीको स्रोत रहेपनि यहाँका ९० प्रतिशत जनताले अझै ब्याक्टेरिया युक्त खानेपानी खाइरहेका छन् । २.१ प्रतिशत मानिस उच्च आर्सेनिक र ९.८ प्रतिशतले न्यून आर्सेनिक भएको पानी खान बाध्य छन् ।

मधेशमा पानी तलतल गयो, खानेपानीको ‘हाहाकार’

मधेश प्रदेशमा खानेपानीको

यतिबेला मधेश प्रदेशका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ ।

‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो । अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका ८० बर्षिय नथुनी साहले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ ।’

पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘तराई मधेशको चुरे जंगललाई जोगाउन नसके भित्री तराई मधेश मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ ।’

धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँच वर्ष पहिले ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो । अहिले सोही स्थानमा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका एक कर्मचारीले बताए । ‘वैज्ञानिक कारण त अनुसन्धानबाट पत्ता लाग्ने विषय हो । सरसर्ती हेर्दा पानी रिजर्भ नभएका कारण सतह तल गएको देखिन्छ ।’

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिवार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको