काठमाडौं, साउन ८ । अमेरिका संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्कोबाट बाहिरिने भएको छ ।
सन् २०२६ को अन्त्यसम्ममा अमेरिका युनेस्कोबाट बाहिरिने निर्णय गरेको हो ।अमेरिकीपक्षले युनेस्कोले इजरायल प्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रियहितसँग मेल नखाने कार्य प्रवृत्ति अपनाएको आरोप लगाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीति अन्तर्गत अमेरिकाको राष्ट्रिय हित अनुसार गरेको दाबी गरेको छ ।




