एजेन्सी
पटना, साउन ११ । लोक जनशक्ति पार्टी (रामविलास) का अध्यक्ष तथा केन्द्र सरकारका मन्त्री चिराग पासवान आफनै सरकारमाथि आक्रोश व्यक्त व्यक्त गरेका छन । उनले बिहार सरकार सरकारमाथि आक्रमण गर्दै भनेका छन , ‘ प्रशासन निकम्मा र अपराध बेलगाम भइ रहेको छ ।
चिरागको आक्रोशले बिहारमा विधानसभा चुनाव नजिकिँदै गर्दा सत्तारुढ गठबन्धन एनडीए भित्रको आन्तरिक कलह खुलेर सतहमा देखिन थालेको छ ।
चिराग पासवानले शनिबार दिएको बयानमा बिहारको कानून व्यवस्था र प्रशासनको कडा आलोचना गर्दै भने, “यो सरकार अपराध नियन्त्रण गर्न पूर्णतः असफल देखिएको छ । मलाई दुःख लाग्छ कि म यस्ता सरकारलाई समर्थन गरिरहेको छु, जहाँ अपराधीहरू बेलगाम छन् र जनता असुरक्षित।“
गया जिल्लामा हालै भएको एक महिला अभ्यर्थीमाथिको बलात्कार घटनापछि चिरागको आक्रोश चरममा पुगेको छ। उनले भने, “बिहारमा दैनिकजसो हत्या, अपहरण, लुटपाट, डकैती र बलात्कारका घटनाहरू भइरहेका छन्। यस्तो देख्दा लाग्छ प्रशासन पूर्ण रूपमा निकम्मा भइसकेको छ वा त यसमा मिलेमतो छ।“
चिरागले यहि प्रसंगमा बिहार प्रहरी र प्रशासनको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै भने, “जनताले सुरक्षा माग्दा शासन मौन छ, पीडित न्याय खोज्दा प्रशासन लाचार छ। यदि अब पनि स्थिति नियन्त्रणमा ल्याइएन भने बिहारमा भयावह परिस्थिति सिर्जना हुनेछ।“
पासवानले घटनाहरू योजनाबद्ध रूपमा सत्तारुढ सरकारलाई बदनाम गर्न गरिएका हुनसक्ने संकेत पनि गरे। “मलाई लाग्छ केही शक्तिहरूले राज्य सरकारको छवि बिगार्ने षड्यन्त्र गरिरहेका छन्,“ उनले भने, “तर घटनाहरू नियन्त्रण गर्न नसक्नु सरकारको कमजोरी हो।“
चिराग पासवानले चेतावनी दिँदै भने, “अब बिहार सरकार गम्भीर नबने स्थिति हातबाट फुत्कन्छ। जनता आक्रोशित हुँदैछन्। म सरकारसँग आग्रह गर्छु — समयमै यस्ता घटनामा कडा कारबाही होस्, अन्यथा जनताको आक्रोश सरकारमाथि भारी पर्न सक्छ।“




