राकेश यादव
रौतहट , साउन ११ । रौतहट जिल्लाको राजदेवी नगर पालिका वडा नम्बर ७ मुडवालबा स्थित वडा कार्यालयको सभाहलमा आइतवार महिला हिंसा बिरुद्ध कानुनी सचेतना तालिम सम्पन्न भएको छ।
टेवा फाउन्ड़ेशन फर जस्ट सोसाइटी नेपालको सहयोग तथा महिला तथा बाल बालिका उत्थान केन्द्रको आयोजनामा तालिम सम्पन्न भएको हो।
महिलाहरू माथि हुने बिभिन्न किसिमका हिंसा न्युनिकरण गर्ने उदेश्यले सहयोगी सस्थाले कार्यक्रम संचालन गरेको छ।
आयोजक सस्थाका अध्यक्ष चन्द्रकला देवी रामको अध्यक्षतामा भएको सो तालिममा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले महिला पुरुष समान हुन हिंसा विभेद गर्नु कानुनी सामाजिक अपराध भएको बताउनु भएको छ।
महिलालाइ सरकारले सबै क्षेत्रमा सहभागिता जनाउने अधिकार प्रदान गरेकोले कुनै प्रकारले दवाव दिएर अधिकारबाट बन्चित गर्न नपाइने धारणा राखे।
कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवीले महिला माथि अझै समाजमा परिवारमा हिंसा हुने गरेकोले यसको प्रतिवाद गर्न सबै महिलाहरू एक जुट भएर लाग्नु पर्ने जोड दिए।
तालिममा सहभागी भएका महिलाहरुलाई अधिबक्ता सोनेलाल पासवानले महिला माथि गरिने हिंसाको बिरुद्धमा भएको कानुनी व्यवस्था, कार्यवाही गर्ने निकाय, उजुरी दिने समय, सिमा, सम्बन्धित निकायको बारेमा जानकारी गराएका छन्।
घर भित्र परिवार, लोग्ने, सासु ससुरा आफन्त बाट हुने हिंसा घरेलु हिंसा भित्र पर्ने भएकोले त्यस्तो भएमा जिल्ला प्रहरी कार्यालयमा तत्काल उजुरी दिनु पर्ने जानकारी गराए।
मानसिक, शारीरिक, आर्थिक, सामाजिक, लिङ्ग, जात, बर्णको आधारमा पनि हिंसा र विभेद हुने गरेको हुदा यस्तो हिंसा, यातना दिएमा खुलेर उजुरी गर्न महिलाहरुलाई आग्रह गरिएको छ।
सामाजिक अभियन्ता मो। मोतिउर रहमानले समाजमा महिला माथि पुरुषहरू द्वारा तथा महिलाले महिला माथि हिंसा दिने गरेको अवस्था देखिएको हुदा कुनै पनि बहानामा हिंसाजान्य गतिबिधि नगर्न नगराउन आग्रह समेत गरेका छन्।




