बंगलादेशमा अन्तरिम सरकारमाथि विपक्षी दलहरूको तीव्र आलोचना



ढाका, साउन ११ ।  बंगलादेशमा अन्तरिम सरकारमाथि विपक्षी दलहरुले तीब्र आलोचना गरेका छन । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद यूनुस नेतृत्वको अन्तरिम सरकारमाथि राजनीतिक दलहरूबाट आलोचनाको ओइरो लागेको हो । प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी बिएनपीले वर्तमान सरकारले देशमा सुशासन कायम गर्न असफल भएको भन्दै गम्भीर आरोप लगाएको छ।

बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले एक सार्वजनिक कार्यक्रममा सरकारको कडा आलोचना गर्दै भने, “देशमा कतै पनि प्रभावकारी शासन देखिँदैन, नियन्त्रण पूर्णरूपमा हराएको छ। त्यसैले महत्त्वपूर्ण सुधारका कुनै संकेतसमेत देखिएको छैन।“

फखरुल इस्लामले समकाल दैनिकको हवाला दिँदै बताए कि, “पहिले व्यापारीहरूबाट १ लाख टका जबर्जस्ती असुली गरिन्थ्यो, अहिले त्यो बढेर ५ लाख टकासम्म पुगेको छ।“ उनले थपे, “देशभरि जबर्जस्ती रकम असुलीको घटना डर लाग्दो रूपमा बढेको छ, र यसमा सरकार पूर्णरूपमा असक्षम देखिएको छ।“

उनले हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमाथि लगाएको टैरिफ (शुल्क) उल्लेख गर्दै भने कि “अन्तर्राष्ट्रिय नीति परिवर्तनले गम्भीर असर पार्न सक्छ, तर बंगलादेश सरकार त्यसप्रति गम्भीर देखिएको छैन।“

रिवोल्यूशनरी वर्कर्स पार्टीका महासचिव सैफुल हकले पनि मुहम्मद यूनुस नेतृत्वको प्रशासनलाई असफल भन्दै जनतामा व्यापक निराशा बढिरहेको बताए। “यदि वर्तमान अराजकता र भीड–आतंक नियन्त्रणमा ल्याइएन भने देश ठूलो संकटमा पर्नेछ,“ उनले चेतावनी दिए।

यसैबीच सत्तारूढ पार्टी अवामी लीगले पूर्व मुख्य न्यायाधीश एबीएम खैरुल हकको गिरफ्तारीप्रति आपत्ति जनाउँदै यो कदमलाई “अन्तरिम सरकारद्वारा गरिँदै आएको दमनको हिस्सा“ भनेको छ।

खैरुल हकलाई ढाकास्थित निवासबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको पुष्टि गरिएको छ, तर कुनै स्पष्ट कारण सार्वजनिक गरिएको छैन। अवामी लीगले यो गिरफ्तारीलाई राजनीतिक द्वेष प्रेरित भएको आरोप लगाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ११, आइतवार ०७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको