पानि र राहत माग्दै समाजवादी युवा संघको प्रदर्शन



जनकपुरधाम, साउन ११ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघले पानी र राहत माग्दै जनकपुरधाममा प्रदर्शन गरेको छ।
समाजवादी युवा संघ धनुषाको अगुवाईमा जनकपुरको जनकचौकबाट शुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

गाग्रो सहित प्रदर्शनमा ओर्लिएका युवा संघले अनिकालको चेपटामा परेका मधेशलाई सुख्खा घोषणाले मात्र समस्या समाधान नहुने भन्दै निकासका लागि ठोस योजनाको मांग गरेका छन । उनिहरुले तत्कालिन र दीर्घकालिन योजनाको निर्माण गर्न सरकार संग माग गरेका छन ।

त्यस्तै सुख्खाक्षेत्र घोषणा मात्र नभई ठोस राहत प्याकेजको घोषणा हुनु पर्ने , चुरे दोहन तत्काल रोक्नु पर्ने, मधेशको कृषि क्षेत्रको संरक्षण र प्रवद्र्धनका निमित्त नयाँ सिचाई योजना बनाई यथाशीघ्र कार्यान्वयन हुनु पर्ने , किसानलाई समयमै मलखादको व्यवस्था हुनु पर्ने , मलखादको आभाव झेली रहेका किसानहरुले आफनो प्रयोजनका लागि भारतबाट ल्याउने गरेको मलखादमा हुँदै आएको प्रहरीको अवरोध तत्काल हटाउनु पर्ने सहितका मांग गरेका छन ।

साथै उनिहरुले चालु आर्थिक वर्षको बजेट निर्माणमा भएको चलखेलको वास्तविकतालाई सार्वजनिक गरि दोषीलाई अविलम्ब कारबाही गर्नु पर्ने मांग समेत गरेका छन ।

समाजवादी युवा संघ धनुषाका अध्यक्ष मदन साहको नेतृत्वमा भएको प्रदर्शन कार्यक्रममा कमलेश यादव, दिपु कापर सहितका युवा नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८२ श्रावण ११, आइतवार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको