बक्स अफिसमा रोकिएको छैन सैयारा



नयाँ दिल्ली, साउन १४ । पछिल्ला दिनमा बलिउड प्रेमीहरूबीच संगीत तथा रोमान्टिक फिल्म सैयारा को निकै चर्चा चलिरहेको छ। मोहित सूरीद्वारा निर्देशित यो फिल्मको डायलग, गीत तथा अभिनयलाई दर्शकले अत्यधिक मन पराइरहेका छन्। टिकट खिड्कीमा यो फिल्म दर्शकको पहिलो रोजाइ बनेको छ, र हालसम्म यसको प्रतिष्पर्धामा कुनै पनि फिल्म उभिन सकेको छैन।

अनीत पड्डा र अहान पाण्डे अभिनीत सैयारा फिल्मले दर्शकको मन जित्न सफल भएको छ। यसले यो वर्षको सबैभन्दा बढी कमाई गर्ने चलचित्रको सूचीमा पनि आफ्नो स्थान सुरक्षित गरिसकेको छ। फिल्मको लभ स्टोरी र समापन (एन्डिङ) लाई विशेष रूपमा प्रशंसा गरिएको छ।

सैयारा किन सफल भइरहेछ ?

अहान पाण्डे अभिनीत सैयारा ले रिलिजको पहिलो दिनदेखि नै बक्स अफिसमा मजबुत पकड बनाएको थियो। विशेषगरी युवापुस्ता यस चलचित्रसँग गहिरो भावनात्मक रूपमा जोडिएको देखिन्छ। निर्देशक मोहित सूरीले एक फरक शैलीको प्रेम कथा दर्शाउन सफल भएका छन्। धेरै दर्शकले फिल्म हेर्दा आफ्नै जीवनको झल्को पाएको अनुभव गरेका छन्, जसले गर्दा फिल्मलाई व्यापक समर्थन प्राप्त भएको हो।

बक्स अफिसमा सैयाराको धमाका

सैयारा ले पहिलो दिनमै २१।५ करोड रुपैयाँको कलेक्शन गरेको थियो। पहिलो सातासम्ममा फिल्मले १७२।७५ करोड रुपैयाँ कमायो। दोस्रो साता प्रवेश गर्दा नै फिल्मले २०० करोड क्लब मा प्रवेश गर्‍यो।

सैकनिल्कको रिपोर्ट अनुसार, मंगलबारसम्म चलचित्रले ७.१३ करोड रुपैयाँ कमाइसकेको छ। दोस्रो आइतवार मात्रै फिल्मले ३० करोड रुपैयाँको व्यापार गरेको थियो, जुन डेब्यु अभिनेताको फिल्मका लागि उल्लेखनीय मानिन्छ।

३०० करोड क्लब नजिक सैयारा

फिल्मले हालसम्म भारतमा मात्र २६३।६३ करोड रुपैयाँको नेट कमाइ गरिसकेको छ। अब यो फिल्म ३०० करोड क्लब मा छिट्टै प्रवेश गर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधवार ०७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको