संसद बहिस्कार गरेर गरिमा र महत्व घटाइयो : श्याम घिमिरे



काठमाडौं, साउन १९। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व नराखेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए ।

उनले भने, ‘झण्डै ७० दिनदेखि संसदमा राप्रपा र रास्वपा दुईवटा पार्टीले संसद अवरुद्ध गर्दै आएको छ । संसदमा आफ्नो कुरा राख्ने र संसद बहिस्कार गर्ने काम गरेको छ । यो अभ्यास कति दिनसम्म यो चल्ने हो रु यहाँ संसदमा उभिएर सँधै गालीगलौंज गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने रु भिजिट भिसा भनेको मानव तस्करी हो रु भिजिट भिसामा बाहिर कतैपनि नजाने कुन सांसद यहाँ कोछ झूटो कुरा प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ । यो प्रथालाई अब बन्द गरिएन भने संसदको गरिमा र महत्व पनि रहँदैन् ।’

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमवार १६:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको