बंगलादेशमा आगामी वर्ष फेब्रुअरीमा आम निर्वाचन हुने



एजेन्सी, साउन २१ । अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशमा आगामी संसदीय चुनाव सन् २०२६ को फेब्रुअरीमा आम निर्वाचन हुने घोषणा गरेका छन् । उनले भने कि रमजान सुरू हुनु अघि नै निर्वाचन सम्पन्न गर्ने उद्देश्यले मुख्य निर्वाचन आयुक्तलाई पत्र पठाइनेछ ।

उनका अनुसार रमजानको महिना सन् २०२६ को फेब्रुअरी १७ वा १८ तारिखदेखि सुरु हुने सम्भावना छ, त्यसअगावै चुनाव गराउने तयारी गरिनेछ। पहिले चुनाव सन् २०२६ को अप्रिल पहिलो साता गरिने तय भएको थियो।

सन् २०२४ को जुलाईमा बंगलादेशमा भएको जनविद्रोहपछि प्रधानमन्त्री शेख हसीना नेतृत्वको अवामी लिग सरकार सत्ता च्युत भएको थियो। पाँच अगस्त २०२४ मा औपचारिक रूपमा हसीना सरकार ढल्यो र उनी भारततर्फ प्रस्थान गरिन्। त्यसपछिको राजनीतिक शून्यतामा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

अन्तरिम सरकारले बंगलादेशमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्ने वाचा गरेको थियो। पछिल्ला केही महिनादेखि विभिन्न राजनीतिक दलहरूले नयाँ निर्वाचनको माग गरिरहेका थिए।

राजनीतिक संक्रमणसँगै बंगलादेशमा हिंसात्मक घटनाहरू पनि देखापर्न थालेका छन्। हालै, अन्तरिम सरकार समर्थित हिंसा सम्बन्धी एक नयाँ घटना सार्वजनिक भएको छ। एक महिलाले दाबी गरेकी छिन् कि कुमिल्ला जिल्लामा भएका तिहरे हत्याकाण्डमा अन्तरिम सरकारका स्थानीय सल्लाहकार आसिफ महमूद शोइब भुइयाका पिताको संलग्नता छ।

 

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधवार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको