सयौ सपूतहरुले बलिदानी दिदा समेत अधिकार पाउन सकेनौ : महन्थ ठाकुर



कैलाली, साउन २४ । लोसपा नेपालका अध्यक्ष मा. महन्थ ठाकुरले अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए पनि अधिकार पाउन नसकेको बताएका छन ।

संघीय लोकतान्त्रिक मोर्चाद्वारा कैलालीको सुखडामा आयोजित वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अधिकार र पहिचानको निमित थप आन्दोलन आवश्यक रहेको बताए ।

उनले भने ‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासनसत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ ।’ मुलुक संघीयतामा गएपनि सदियौ देखीको पीडितहरु अझै अधिकार पाउन नसकेको उनको कथन थियो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले मन्तव्य राखेका छन।
कार्यक्रममा अध्यक्षको आसन बाट बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक मा. रेशम चौधरीले थारु–मधेशी लगायत सबै उत्पीडितहरुको एकताको निम्ति मोर्चा गठन गर्नु परेको बताए। यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परिक्षा भएकोले जसरी पनि जित्नु पर्ने बताए।थारु भएकै कारण आफुहरुसंग अन्याय र विभेद भएको बताए।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले औपनिवेशिक सरकारको रवैयाले तीन करोड नेपाली जनता कोई पनि खुशी नरहेको बताए। धेरै मिहिनेत पश्चात् उत्पीडित जनताहरुको चाहना अनुसार मोर्चा गठन भएकोले कसैले कमजोर बनाउने षड्यन्त्र गर्न नहुने बताए। राजनीति स्थिरता, अधिकार पहिचान सहितको संविधान संशोधन, आर्थिक उन्नतिको निम्ति मोर्चा अपरिहार्य रहेको बताए।

त्यसैगरि जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष विद्युत बज्राचार्यले २५०/३०० वर्षदेखि शासकवर्गले हामी उत्पीडित समुदायलाई विभाजन गरेर शासन गरिरहेकोले पहिचान पक्षधर एकठाँउमा उभिन मोर्चा गठन गरेको बताए ।

कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका नेता उपेन्द्र उपाध्यायले देशमा भ्रष्टाचार र कुशासन बढेकोले त्यसको अन्त्यको निम्ति मोर्चा गठन गरेको बताए।

जागरण कार्यक्रममा थारु सँस्कृती झल्काउने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो। मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान संचालन गरिरहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २४, शनिबार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको