रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते



रामेछाप, साउन २५ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर स्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । श्रीमान् भने घाइते भएका छन् ।

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हटौँडाजाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल महिलाको शव निकालिएको प्रहरीले जनाएको छ । घाइते भएका उनका श्रीमान् उत्तम चौहानको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । गाडी नम्बर भने भिरमा अड्किएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको