विदेशमा बस्नेको समस्या नेपाली कांग्रेसले समाधान गर्छ : डा.महत



बेल्जियम, साउन २६ । नेपाली कांग्रेस का प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रियबनाउन जरुरी रहेको बताएका छन् ।

नेपालीजनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिकाप्रतिनिधिहरुको भेलामामन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध व्यक्तिहरु सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमाअत्यन्तै महत्वपूर्ण रहेको बताए ।

युरोपकाविभिन्नजनसम्पर्क समितिहरूलाई थपक्रियाशीलबनाउनुपर्ने आवश्यकताऔँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) माजाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समितिविस्तार गर्न जरुरी भएको बताए ।
जहाँपहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामाप्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमाउनले जोड दिए ।

उनले डेनमार्कमा देखिएको समस्या समाधानभई संगठन निर्माण र जनसम्पर्क समितिकोउपस्थितिलाई विस्तार गर्ने तथाएकीकृत गर्ने दिशामाजानुपर्नेमा जोड दिए ।

उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए।

पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपालीकांग्रेसले यसलाई आत्मसात गरिरहेको उनको भनाइथियो ।

डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपालीकांग्रेस नै भएको बताए ।

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार १६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको