एजेन्सी
बक्सर, साउन २८ । जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके)ले आगामी नोभेम्बरसम्म बिहारका मुख्यमन्त्री नीतीश कुमारको विदाई निश्चित रहेको दावी गरेका छन् ।
आसन्न बिहारविधान सभाको निर्वाचन परिणाम संगै नीतिशकुमारको विदाई गर्ने योजना बिहारको जनताले बनाई सकेको उनको कथन थियो ।
मङ्गलबार बक्सरमा आयोजित कार्यक्रममा आफ्ना राजनीतिक योजनाबारे बोल्दै उनले भने, “मेरो छोरा देशकै उत्कृष्ट विद्यालयमा पढ्छ, चाहे त्यो बिहारमा नभए पनि, म भने बिहारको सुधारका लागि संघर्षरत छु ।” उनले आफ्नै बाल्यकालको अनुभव सुनाउँदै भने कि आफूले बोराको टाटमा बसेर सरकारी विद्यालयमा पढाइ गरेका थिए र आफ्नै प्रयासमा जीवनमा अगाडि बढेका हुन्।
यसैबीच बक्सरमा भारतीय जनता पार्टीलाई ठूलो धक्का लागेको छ । भोजपुरी लोकगीत र निर्गुण विद्याका प्रसिद्ध गायक भरत शर्मा व्यासले बीजेपी परित्याग गर्दै जन सुराज पार्टीमा प्रवेश गरे । बिहार बदलाव यात्राको क्रममा पुरानो भोजपुरमा आयोजित कार्यक्रममा प्रशान्त किशोरले स्वयं व्यासलाई स्वागत गर्दै पार्टीमा सामेल गराएका छन ।
डुमरावमा जारी आफ्नो ‘बदलाव यात्रा’का क्रममा पीकेले भने कि जात, धर्म र पार्टीको सीमाभन्दा माथि उठेर बिहारको प्रत्येक वर्ग परिवर्तन चाहन्छ। उनका अनुसार, “लालु र नीतीशको दीर्घकालीन शासनबाट मुक्ति पाउनु अहिले जनता लागि प्राथमिक आवश्यकता भइसकेको छ।”
बीजेपी र सत्तारूढ दलमाथि तीव्र प्रहार गर्दै पीकेले आरोप लगाए कि एसआईआर (सुप्रिम इलेक्टोरल रजिस्ट्री) मार्फत गरीब तथा प्रवासी बिहारी मतदाताहरूको नाम मतदाता सूचीबाट काट्ने षड्यन्त्र भइरहेको छ। उनका अनुसार, यी वर्गका मतदाता मद्यनिषेध नीति (शराबबन्दी) र व्यापक भ्रष्टाचारप्रति असन्तुष्ट छन्, र यही कारणले सरकार उनीहरूको मताधिकार सीमित गर्न चाहन्छ।
चुनाव आयोगको कार्यप्रति प्रश्न उठाउँदै प्रशान्त किशोरले भने, “कति नाम काटे पनि, बाँकी रहने मतदाता पर्याप्त छन् – बीजेपी र नीतीश सरकारलाई सत्ता बाहिर पु¥याउन।” उनका अनुसार, आगामी चुनावमा जनताको असन्तोष निर्णायक हुनेछ।






