चीनको नागरिक उड्डयन उद्योग मा नयाँ रेकर्ड



एजेन्सी,साउन ३० । चीनको नागरिक उड्डयन उद्योग को स्तर नयाँ उचाइमा पुगेको छ । पहिलो अर्धवार्षिक समीक्षा अनुसार नागरिक उड्डयन उद्योगले ठूलो प्रगति गरेको छ ।

चीनको    नागरिक उड्डयन प्रशासनको नयाँ जानकारी अनुसार देशको नागरिक उड्डयन क्षेत्रले वर्षको पहिलो छ महिनामा नयाँ रेकर्ड कायम गरेको हो । जसमा गत वर्षको तुलनामा यात्रुको संख्यामा समेत वृद्धि भएको देखिन्छ ।

प्राप्त तथ्याकं अनुसार ३७ करोडले यात्रा गरेको साथै लगभग ४८ लाख टन कार्गो र मेल ढुवानी गरेको छ । जुन वार्षिक लगभग १५ प्रतिशतले वृद्धि हो ।

देशले जनवरीदेखि जुनसम्म अन्तर्राष्ट्रिय यात्रु उडानहरूको लागि १२३ हवाई मार्गहरू पनि थपेको छ । जसले गर्दा ट्राफिकमा वर्ष दर लगभग २९ प्रतिशतले वृद्धि भएको छ ।(सीसीटीभीप्लस

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रवार १६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको