गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण



काठमाडौं, भदौ १ । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको हो ।
त्यस्तै पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ ।



सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु संक्रमण देखिएको हो ।

पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।

डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको