प्राधिकरणको आम्दानी १खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य



काठमाडौं, भदौ १ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ माकुल १खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालनखर्च, ब्याजलगायतका सम्पूर्ण खर्च १खर्ब २९ अर्ब ८१ करोड रुपैयाँपुगेको छ।

नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुलआम्दानी १खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए। उनकाअनुसार सञ्चालनखर्च, ब्याजखर्च लगायतका सम्पूर्ण खर्चहरु सहितआर्थिक वर्ष २०८१/८२ माप्राधिकरणको कुलखर्च १खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।

शाक्यका अनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धिभई ६खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मादेशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ। आगामी वर्ष यो संख्या घटाउने लक्ष्य लिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ ।उनले भने, ‘गतवर्ष २०८१/८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको थियो ।

जुन यो वर्ष घट्ने क्रममा रहेको छ । घटिमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाईने छ ।

 

प्रकाशित मिति: २०८२ भाद्र १, आइतवार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको