राजविराज, भदौ ५ । एक साता अघि निधन भएका राजविराज–७ निवासी नेपाली काँग्रेसका पुराना एवं निष्ठावान नेता सुरेस प्रसाद देवकोटाको परिवारजनलाई भेटेर नेपाली काँग्रेस सप्तरीको टोलीले समवेदना प्रकट गरेको छ ।
विहीवार नेपाली काँग्रेस सप्तरीका उपसभापती रामकुमार यादव र सचिव सनत मण्डलको अगुवाईमा पुगेको टोलीले परिवारजनलाई भेटेर स्व.देवकोटाप्रति श्रद्धाञ्जली तथा परिवारजन प्रति दुःख सहने शक्ती प्राप्त होस भन्ने कामना सहितको फ्रेम गरिएको समवेदना पत्र बुझाएका हुन ।
केही समय यता विरामी रहदै आएका ७८ वर्षिय देवकोटाको साउन २४ गते उपचार कै क्रममा निधन भएको थियो । स्व.देवकोटाको श्रीमती सुधा, छोरा देवेन्द्र,शैलेन्द्र र छोरी मौसम रहेका छन ।
नेपाली काँग्रेसका क्रियाशिल सदस्य एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा देवकोटाको निधनले पार्टीलाई अपुरणिय क्षती पुगेको नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साहले बताए । समाजसेवा क्षेत्रमा समेत क्रियाशिल देवकोटाकोनिधनले एउटा अभिभावक गुमाएको महशुस भएको राजविराज नगरपालिका वडा ७ का सदस्य रामानन्द देवले बताए ।




