सुनको मूल्यमा फेरी उच्च रेकर्ड



काठमाडौं ,भादौ १३ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले आजसम्मकै  उच्च रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यो आज सम्मकै उच्च हो ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम थियो ।

 

 

 

 

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको