राजविराज नगरपालिकाबाट डेढ हजार भन्दा बढीले पाए निस्सा



सप्तरी, भदौ १३ । राजविराज नगरपालिका क्षेत्रमा रहेका डेढ हजार भन्दा बढी भुमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीले जग्गाका लागी निस्सा प्राप्त गरेका छन ।

शुक्रवार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा १ हजार ६ सय ८९ जनाले जग्गाको निस्सा प्राप्त गरेका हुन ।

कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा आयोजित कार्यक्रममा ६ सय ३६ दलित, ५ सय ८ भुमिहीन तथा ५ सय ४५ जना अव्यवस्थित वासोवासीलाई निवदेन दर्ता गरी जग्गा नाप नक्शाको निस्सा वितरण गरिएको नगरपालिकाका भुमिहीन सेवा केन्द्र फाँटका प्रमुख सुरेश यादवले जानकारी दिए ।

कार्यक्रममा भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश झाले अब केही दिन भित्रै आयोगले आवश्यक प्रक्रिया अघि बढाउने र छुट भएकाहरुलाई समेत थप ३५ दिन म्याद दिई सो भित्र आ–आफ्नो बडा कार्यालयमा निवेदन दर्ता गर्न आह्वान गरिएको जानकारी दिए ।

कार्यक्रममा आयोगका जिल्ला सदस्य अनवर अली, प्रमुख प्रशासकिय अधिकृत हरिकिशोर राजवंशी, वडाअध्यक्ष तथा वडा सचिवहरुको समेत उपस्थिती रहेको थियो । भुमिहीनलाई जग्गा पाउन राष्ट्रिय भूमि आयोगले तोकेको ढाँचामा निवेदन तथा विवरण संकलन गरी एनएएलसिआइएसमा पुर्ण प्रविष्ट भएकाहरुलाई पहिलो चरणमा निस्सा वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रवार १९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको