अमेरिकामा दुई विमान ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते



एजेन्सी, भदौ १७ । अमेरिकाको कोलोराडो राज्यमा दुई साना विमान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घटना फोर्ट मोर्गन म्युनिसिपल विमानस्थल नजिक ल्यान्डिङको क्रममा भएको हो।

स्रोतका अनुसार, दुर्घटनामा संलग्न विमानहरू सेसना १७२ र एक्स्ट्रा फ्लुगजेगबाउ भ्ब्३०० थिए। दुवै विमानमा दुई–दुई जना सवार थिए। ठोक्किएपछि घटनास्थल वरिपरि कालो धुवाँ र आगलागी देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

मॉर्गन काउन्टी शेरिफ कार्यालयका अनुसार, एक विमानमा सवार दुई जना सामान्य घाइते भएका छन्। तर अर्को विमानमा रहेका एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने अर्को गम्भीर घाइतेलाई अस्पताल लगिएको छ।

सीएनएनको रिपोर्टअनुसार, दुर्घटनापछि एक व्यक्ति विमानमै फसेका थिए। सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा रनवे छेउमा क्षतिग्रस्त विमान देख्न सकिन्छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको