एजेन्सी, भदौ २९ । आगामी बिहार प्रदेशसभा चुनावको तयारी तीव्र हुँदै गइरहेको छ र सीमांचल फेरि एकपटक राजनीतिक केन्द्रबिन्दुमा आएको छ । २०२० को चुनावमा पाँच सिट जितेर सबैलाई चकित तुल्याएको असदुद्दीन ओवैसीको पार्टी एआइएमआइको निर्णयले मुस्लिम मत विभाजन हुदा त्यस्तो प्रत्यक्ष फाइदा एनडिएले लिने संकेत गरेको छ।
पार्टी यसपालि एआइएमआइ (इन्डियन नेशनल डेभलपमेंटल इन्क्लूसिभ अलायन्स) गठबन्धनसँगै चुनाव लड्न चाहन्छ, तर आरजेडी (राष्ट्रीय जनता दल) तर्फबाट सकारात्मक संकेत नआएपछि एआइएमआइ प्रदेश अध्यक्षले तेस्रो मोर्चा (थर्ड फ्रन्ट) को तयारी गरिरहेको बताएका छन्।
यदि एआइएमआइ तेस्रो मोर्चाबाट चुनावमा होमियो भने, सीमांचलका ९ र कोसी क्षेत्रका २ मुस्लिम बहुल सिटमा इण्डी गठबन्धनको गणित बिग्रने सम्भावना छ, जसको प्रत्यक्ष लाभ एनडीए (नेशनल डेमोक्रेटिक अलायन्स) ले उठाउनेछ।
२०२० को चुनावमा सीमांचलमा निकै रोचक परिणाम आएका थिए। कुल २४ सिटमध्ये बीजेपीले ८, जेडीयूले ४, कांग्रेसले ५, मालेले १, राजदले १, र एआइएमआइले ५ सिट जितेको थियो। यद्यपि, पछि एआइएमआइका ४ विधायक राजदमा गएका थिए।
सीमांचल र कोसी क्षेत्रका ११ सिट मुस्लिम बहुल क्षेत्र मानिन्छन् । जसमा
किशनगंजका ४ सिट, अररियाका २, पूर्णियाका २ र कटिहारका १ छन । त्यसै गरि कोसी प्रमण्डलका केही सिटहरू ।
गत दशकमा मुस्लिम जनसंख्या १०–१२% ले बढेको छ। जबकि आरजेडीले लामो समयदेखि एमवाइ (मुस्लिम–यादव) समीकरणलाई आफ्नो जितको आधार बनाउँदै आएको छ, एआइएमआइको रणनीति सिधै मुस्लिम मतमा केन्द्रित देखिन्छ।
त्यसैले यदि एआइएमआइले तेस्रो मोर्चाबाट चुनाव लड्यो भने मुस्लिम मत विभाजन हुने निश्चित देखिन्छ, जसको फाइदा एनडीएले लिनसक्छ ।






