जनकपुरधाम, भदौ २९ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले नयाँ पार्टीको घोषणा गरेका छन ।
सामाजिक सञ्जालमार्फत उनले आफूले नागरिक उन्मुक्ति पार्टी छोडेको भन्दै नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।
श्रीमान श्रीमति बीचको विवादले पिल्सिएको नागरिक उन्मुक्ति पार्टी कानूनी रुपमा रंजिता चौधरीको पोल्टामा जाने भएपछि रेशमले नयाँ पार्टीको घोषणा गरेका हुन ।
पछिल्लो दिनहरुमा रेशम चौधरी विरुद्ध रंजिताले पार्टी भित्र खेल्दै आएका थिए ।
संसद विघटन र नयाँ निर्वाचनको घोषणा संगै रेशम नयाँ दल सहित चुनावमा सहभागी हुने भएको छ ।






