
एजेन्सी, असोज ८ । यूक्रेनले गएराति मास्को विमानस्थलमा ड्रोन आक्रमण गरेको छ । जसले रूसको राजधानी आउने मार्गमा पर्ने महत्वपूर्ण हवाईअड्डाहरूमा असर पुगेको छ र करिब २०० भन्दा बढी उडानहरू रद्द हुनुपरेका वा ढिलो भएका छन्।
रूसी पक्षले दावी गरेको छ कि राजधानीतर्फ उड्न लागेको करिब तीन दर्जन ड्रोनहरू एंटी–एयरक्राफ्ट युनिटले नष्ट गरेका छन्।



मस्को मेयर सर्गेई सोब्यानिनले टेलीग्राममार्फत जानकारी दिँदै भनेका छन्, “पछिल्लो साँझदेखि राजधानीतर्फ प्रवेश गर्ने ३६ ड्रोनहरूलाई मार गिराइएको छ। मानिसहरूमा ठूलो क्षति र हताहत भएको सूचना छैन।”
रूसको सरकारी समाचार एजेन्सी तासले रिपोर्ट गरेको छ कि सो ड्रोन आक्रमणका कारण मस्कोका हवाईअड्डाहरूमा २०० भन्दा बढी उडान प्रभावित भएका थिए । साथै, उपनगर रेउटोवस्थित पार्किङ क्षेत्रमा ड्रोन आक्रमणले चार वटा कारहरू ध्वस्त भएका छन्।

यसैबीच, राष्ट्रपति वोलोदिमिर जेलेंस्कीले भनेका छन् कि रूसी मिसाइल, ड्रोन र बम आक्रमणमा रातभरि दुई जना यूक्रेनी नागरिकको मृत्यु भएको छ। जेलेंस्की यूएन महासभा सत्रमा भाग लिन न्यूयोर्कमा छन् र उनले रूसमाथि कडा दबाव सिर्जना गर्न विश्व नेताहरूलाई अपिल गरेका छन्।