संविधान संशोधन र शासकीय प्रणाली फेर्ने अधिकार वर्तमान सरकारलाई छैन : प्रधानमन्त्री कार्की



जनकपुरधाम, असोज ९ । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय प्रणालीमा फेरबदल गर्ने अधिकारी आफू नेतृत्वको वर्तमान सरकारको कार्यक्षेत्रमा नपर्ने बताएकी छन्।

देशको नाममा सम्बोधन गर्दै संविधानसंशोधन गरेर शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने दबाबमा रहेकी प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने स्पष्ट पारिन्।

‘नेपालको संधिवान र शासकीय प्रणालीको संशोधन लगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्र भन्दा बाहिरको विषय भएकाले युवा पुस्ता लगायत आम परिवर्तनका पक्षधर नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भइ संवैधानिक प्रक्रियाबाटै संविधानसंशोधन गर्नका लागि आग्रह गर्न चाहान्छु’ उनले सम्बोधनका क्रममा भनिन्।

उनले विदेशमा रहेका नेपालीहरुलाई मतदान प्रक्रियामा सहभागी गराउने विषयमा भन्ने छलफल भइ रहेको स्पष्ट पारेकी छिन ।

प्रकाशित मिति: २०८२ आश्विन ९, बिहिवार १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको