सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना



काठमाडौं , असोज ११ । काठमाडौं महानगरपालिका वडा ८ गायत्री मार्गमा रहेको छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना गरिएको छ ।

काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले विधिपूर्वक पूजा गरी गजुर स्थापना गरेका हुन् ।



काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, दुई तल्ला रहेको प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरको मेदिना कन्ट्रक्सन प्रा.लीले निर्माण गरेको र एक करोड १५ लाख रूपैयाँ लागतमा निर्माण गरिएको बताए ।

उनले, मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्ति मन्दिरमा स्थापना गर्न माघभन्दा अगाडि साइत नजूर्ने भएकाले केही समय ढिला हुन पुगेको बताए ।

ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो ।

उक्त मन्दिरको ऐतिहासिक दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्त्वविद्हरूबाट मन्दिरको रेखांकन गरिएको थियो । इट्टा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको