वडा अध्यक्षहरुले बिना कारण ताल्चा लगाए : मेयर अजय प्रकाश



ओम प्रकाश यादव
रौतहट, असोज २३ । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले कर्मचारीहरुको तलवभत्ता निकासा गर्न आफू तयार रहेको हुँदा हुँदै बिना कारण वडा अध्यक्षहरूले वडा कार्यालयमा तालाबन्दी गरी जनतालाई दुःख दिने काम गरेको बताएका छन्।

आफ्नै निवासमा आज सञ्चारकर्मिहरुसंग कुरा गर्दै मेयर जयसवालले आफू नगरमा कार्यरत स्थाई, अस्थायी, करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको अहिलेसम्मको तलव खुवाउन तयार रहेको बताए ।



कर्मचारीहरुको तलव वापतको बाँकी बक्यौता रकम भुक्तानी गर्न आफू तयार रहेको भएपनि केही वडा अध्यक्षहरुले मेयर अजय प्रकाश जयसवाल अस्थाइ र करार कर्मचारीको तलब नै खाइदिएको तथा भुक्तानी गर्ने पक्षमा नरहेको भन्दै झूठा प्रचारबाजी गरी जनतालाई भ्रमित गर्दै हिँडेको मेयर अजय प्रकाश जयसवालले बताए।

मेयर जयसवालले उनीहरूको तलब निकासा गर्ने पक्षमा नरहेको भनी सात जना वडा अध्यक्षहरुले वडा कार्यालयमा ताल्चा लगाएका छन् ।

बिना कारण वडा अध्यक्षहरुले वडा कार्यालयमा तालाबन्दी गरी जनताको कामकाज प्रभावित गरेको प्रति आफ्ना गम्भीर ध्यानाकर्षण भएको मेयर जयसवाल बताउँछन् ।

आफूलाई बद्नाम गर्ने उद्देश्यले वडा अध्यक्षहरुले वडा कार्यालयमा तालाबन्दी गरी भ्रम छर्ने काम गरेको उनको आरोप छ।

पालिका भरी अहिलेसम्म ज्यालादारी वा करारमा काम गरेका कर्मचारीहरुलाई तलव भुक्तान गरी अबदेखि दरबन्दी बाहेकका अस्थाइ, करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई हटाउने योजनाका साथ आफू उनीहरूको तलब निकासा गर्न रेडबुकमा ५ करोड रकम छुट्याएको उनले बताए।

उनीहरुलाई तलव खुवाउनका लागि नै आफूले प्रत्येक वडा कार्यालयलाई उनीहरूको हाजीरी रजिस्टर, भरपाई, नियुक्तिपत्र, करार सम्झौता लगाएतका विवरण नगरपालिका कार्यालयमा बुझाउन पत्राचार गरेको उनले बताए।

उनीहरूको सबै विवरण प्राप्त भएपछि कसले कति दिन वा महिना काम गरे भन्ने कुरा यकिन हुने र त्यसपछि तुरुन्त तलव भुक्तान गर्ने उनले बताए।

वडा अध्यक्षहरुले आ आफ्ना वडामा खटाएका कर्मचारीको विवरण दिनुको सट्टा उल्टै वडा कार्यालयमा तालाबन्दी गरी बस्दा उनीहरुलाई तलव खुवाउन ढिलाइ भइरहेको उनले बताए।

उनले यथासिघ्र वडा कार्यालयमा गरिएको तालाबन्दी खोलेर कर्मचारीको विवरण पालिकालाई उपलब्ध गराउन वडा अध्यक्षहरुलाई आग्रह गरेका हुन् ।

वडा अध्यक्षहरुले जति छिटो कर्मचारीको अभिलेख र विवरण बुझाए त्यति छिटो उनीहरूको तलब भुक्तानी गर्ने मेयर अजय प्रकाश जयसवालले बताए।

बिना कारण वडा कार्यालयमा तालाबन्दी गरी जानी जानी सेवा प्रवाह बन्द गरेर जनतालाई दुःख दिने काम आफूलाई मान्य नहुने उनले बताए।

आफ्नो पहिलो प्राथमिकता नै सबै कर्मचारीको तलब निकासा गराउने र त्यसपछि मात्र बाँकी काम गर्ने योजना रहेकोले आन्दोलनरत वडा अध्यक्षहरुलाई ताल्चा खोलेर तलव निकासा गर्ने काममा आफूलाई सघाउन उनले आग्रह गरे ।

तलव भुक्तान गरेपछि दरबन्दी बाहेक अस्थाइ, करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने केन्द्रीय सरकारको परिपत्र अनुसार आफू पनि पालिकामा कार्यरत अस्थाइ र करारका सबै कर्मचारीको नियुक्ति बदर गर्न मेयर अजय प्रकाशले प्रतिबद्धता समेत जनाएका छन् ।

त्यस्तै हालै आएको बाढीबाट क्षति भएका धानबाली लगाएतको विवरण संकलन गरी पालिकामा पठाउन आफूले प्रत्येक वडा कार्यालयलाई निर्देशन दिसकेको समेत उनले बताए।

वडा कार्यालयहरुको पठाएको लिस्ट अनुसार आफूले किसानहरुलाई बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन पहलकदमी लिने उनले बताए ।

त्यस्तै असोज १८ गते भएको भारी वर्षासँगै खसेको चट्याङ् लागेर मृत्यु भएका हथियाहिका दुई किशोरको परिवारलाई आवस्यक सहयोग गर्न आफू तयार रहेको उनले बताए।

मृतक दुवैजनाको परिवारलाई आर्थिक सहयोग गर्न आफू विभिन्न निकायमा सक्दो पहल गर्ने समेत उनले बताए।

प्रकाशित मिति: २०८२ आश्विन २३, बिहीबार ०७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको