काठमाडौं, , असोज २४ । आईसीसी टी-२० विश्वकप एसिया–ईस्ट प्यासिफिक छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाल र जापान आमनेसामने हुनेछन्।
ओमान क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
समूह बीमा रहेकाले नेपालर जापान एक खेलअगावै सुपर सिक्समा पुगिसकेका छन्। कतारले लगातार दोस्रो हार बेहोर्दा समूह चरणबाट बाहिरिनु परेको छ।
नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले पराजित गरेको थियो भने जापानले पनि कतारलाई ५ विकेटले हराएको थियो। यसका कारण नेपाल र जापानले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।
नेपाल रहेको समूह बीमा कुवेत र जापान छन्। समूह एमा मलेसिया, कतार र यूएई छन् भने समूह सीमा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
एसिया–ईस्ट छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सको शीर्ष ३ टोलीले टी-२० विश्वकपमा स्थान पाउनेछन्।




