मधेश प्रदेशको चौथौ मुख्यमन्त्रीमा जीतेन्द्र सोनल नियुक्त



जनकपुरधाम, असोज २९ । मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जीतेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल आज साँझ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन ।



जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एसको समर्थनमा सोनलले आजै विहान सरकार गठनको लागि दावी प्रस्तुत गरेका थिए ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहलाई आफनै दल सहित सत्तागठबन्धनका सबै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मतको लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै हिजो मंगलवार राजिनामा गरेका थिए ।

सिंहको राजिनामा लगतै प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

सोनलले सरकारको दावी प्रस्तुत गरे लगतै जनमत र एमालेको समर्थन आफुलाई रहेको भन्दै नेपाली कांग्रेस संसदीय दलका कृष्णा यादवले समेत सरकार गठनको दावी प्रस्तुत गरेका थिए ।

कृष्णाको दावी लगतै जनमत पार्टी संसदीय दलको नेता महेश यादवले आफुहरुको समर्थन सोनललाई रहेको औपचारिक पत्र नै प्रदेश प्रमुखलाई बुझाएका थिए ।

यसै बीच जनमत पाटी बाट बिभाजित भई हिजो मात्रै निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको जनस्वराज पार्टीमा जनमतका दुईजना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेपछि मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अलमलमा परेका थिए ।

जनस्वराज पार्टीमा औपचारिकता पछि काँग्रेसले सो कुरालाई समेत जोड दिदै सोनललाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई दवाव दिएका थिए ।

प्रदेश प्रमुख कार्यालयमा दिउसो ४ बजे दुबै पक्ष जुटेपछि केही बेर माहौल तातिएको थियो । प्रदेश प्रमुखको सुरक्षाका लागि सेनानै परिचालन गर्नु परेको थियो ।

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार १९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको