राप्रपा जुम्लाका अध्यक्षसहित ४ जनालाई पार्टीले गर्‍यो निलम्बन



काठमाडौं , असोज  २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको लिङ्देनले जानकारी दिए ।

पार्टीको अनुशासन समितिको सुझावका आधारमा यस्तो निर्णय भएको उनले बताए ।

 

 

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधवार १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको