मधेशमा जनमतको चलाखीले लोसपालाई मुख्यमन्त्री, कांग्रेस र एमाले फेरि पनि सत्ताबाहिर



काठमाडौं , असोज  २९ । मधेश प्रदेशको राजनीति निकै रोचक बनेको छ । मुख्यमन्त्री को निर्वाचनमा जनमतको चलाखीपूर्ण राजनीतिले प्रमुख दल सत्ताबाहिर पुग्ने अवस्था आएको छ । त्यसमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले बाजी मार्ने संकेत देखिएको छ ।

पूर्वसहमतिअनुसार जनमत पार्टीको समर्थनमा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने थियो । जनमत पार्टीले कित्ता फेर्नेबित्तिकै मधेशको राजनीति पनि फेरियो ।



जनमतको नेतृत्वमा रहेको मधेश सरकार अब लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को नेतृत्वमा सरकार बन्ने भएको छ । प्रमुख दल एमाले र कांग्रेसलाई सत्तामा आउन नदिने रणनीतिअनुसार मधेशकेन्द्रित दलहरू मिलेका छन् ।

जनमतले अन्तिम समयमा लोसपालाई समर्थन गरेपछि कांग्रेस–एमालेइतरको सरकार बन्न लागेको हो । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने सम्भावना छ ।

कांग्रेसले गत वैशाखदेखि नै मुख्यमन्त्री सतिश सिंहको राजीनामा मागेको थियो । सत्ता गठबन्धनमा रहेको कांग्रेसले राजीनामा माग्नुको कारणचाहिँ आफू मुख्यमन्त्री लिनका लागि थियो । संसदीय दलका नेता कृष्ण यादवले त्यसको तयारी पनि गरेका थिए । जेन–जी आन्दोलनको बेलामा पनि उनीहरू आन्तरिक छलफलमै थिए । तर, जेन–जी आन्दोलनका कारण एक महिना धकेलिएको हो ।

अयकmयक अयििभनभल्भउबतयउ
जनमतले भने कांग्रेसलाई सत्ता नदिने अडान राखेको थियो । आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास गरेको जनमतले साथ नपाउने भएपछि कांग्रेसलाई रोक्न खोजेको थियो ।

जनमत मात्र होइन, एमाले स्वयम् पनि कांग्रेसलाई रोक्ने रणनीतिमा थियो । कांग्रेसले जनमतलाई साथ दिइरहेको थियो । पछिल्ला दिनसम्म पनि एमालेको साथ पाएको जनमतले अर्को रणनीति लिएपछि कांग्रेसले मुख्यमन्त्री नपाउने निश्चित भएको हो ।

प्रदेश सरकार स्थापना भएयता कांग्रेस र एमालेले मुख्यमन्त्री पाएका छैनन् । अघिल्लो पहिलो कार्यकाल जसपाले नेतृत्व गरेको थियो । यो कार्यकालको सुरुमा जसपाले नै नेतृत्व गरेको थियो । जसपापछि जनमतले मुख्यमन्त्री पाएको हो । जनमतपछि कांग्रेसले पाउने सहमति तोडिएर लोसपाको भागमा परेको छ । त्यसैले, मधेशकेन्द्रित दलहरूले कांग्रेस र एमालेलाई बाहिर राख्ने रणनीति लिएको देखिन्छ ।

 

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको