सबै दोष ओली लाई मात्रै थोपर्न मिल्दैनस् लक्ष्मी गौतम(अन्तर्वार्ता)



काठमाडौं , असोज  ३० । बुधबारदेखि नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा जारी छ । बैठकमा केही नेताहरूले अध्यक्ष केपी शर्मा ओली को राजीनामा मागिरहेको बेला केन्द्रीय सदस्य लक्ष्मी गौतमले भने पदाधिकारीको नै राजीनामा मागेकी छिन् । हिजो पहिलो दिन बैठकमा बोल्ने ५० जनामध्ये गौतमले पदाधिकारीको राजीनामा मागेको विषय चर्चामा छ । शिलापत्रका लागि मिलन बुढाथोकीले उनै गौतमसँग यसबारे कुराकानी गरेका छन् :

तपाईंले ओलीको राजीनामा माग्ने पदाधिकारीकै राजीनामा किन माग्नुभएको हो ?

अहिले धेरै नेताले अध्यक्षको राजीनामा मागिरहनुभएको छ । तर, उहाँहरूले आफूतिर ऐना हेर्नुभएको छैन । जतिपटक अध्यक्षले नेतृत्व सम्हाल्नुभयो, त्यतिनै पटक अध्यक्षको राजीनामा माग्ने पदाधिकारीहरू उही कमिटीमा हुनुहुन्छ । उहाँहरू पनि ओलीसँगै वृद्ध हुँदै जानुभएको हो नि । ओलीले गर्दा पार्टी कमजोर भयो भन्नेले आफ्नो हिस्साको जिम्मा लिनु पर्दैन रु

अर्को कुरा नेकपा (एमाले)ले जे जति निर्णय गरेको छ, ती सबै सर्वसम्मत छन् । अध्यक्ष एक्लैले निर्णय गरेको विषय होइनन् । तिनै निर्णयका कारण सिंगो पार्टी पंक्ति कमजोर भयो भने त्यसको दोष अध्यक्ष एक्लैलाई बोकाएर हुँदैन । सबैले आ–आफ्नो जिम्मेवारी लिनुपर्छ । जवाफदेही बन्नुपर्छ ।

पछिल्लो जेन–जी आन्दोलनपछि परिस्थिति बदलिएको छ । कांग्रेस–माओवादीले फरक अभ्यास चलाइसके । अध्यक्ष केपी ओलीले नेतृत्व छाडेर अरुलाई अवसर दिए के हुन्छ रु

अहिले केपी ओलीले नेतृत्व छाड्नु भनेको उहाँप्रति लागेका आरोप पुष्टि हुनु हो । यस्तो बेला उहाँले नेतृत्व छोड्नै हुँदैन ।

ढुक्क हुनुस्, यो नेकपा ९एमाले०को बैठक सकेर निस्किँदा विभाजित मानसिकताले होइन, एकताको सन्देश दिने गरी सबै नेताहरूको मनोबल उच्च हुनेछ ।

ओलीले राष्ट्र र राष्ट्रियताको सवालमा लिएका चट्टाटी अडानले प्रतिक्रियावादीहरू घाइते भएका छन् । यस्तो बेला ओलीको साथ लिएरै राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्छ भन्ने सन्देश दिनुपर्नेमा उल्टै ओलीको राजीनामा माग्नु गलत छ । त्यो पनि महाधिवेशनको मिति प्रस्ताव गरिसकेको बेलामा ।

यो बेला महाधिवेशनको मिति प्रस्ताव गरेर ओलीले के गर्न चाहेका हुन् ?

यो संविधानभन्दा बाहिर गएर बनेको सरकारलाई ट्रयाकमा ल्याउनुपर्छ । यसका लागि ‘पार्टीभित्र एकमना एकता छ’ भन्ने सन्देश दिनु जरुरी छ । हिजो क–कसले राजीनामा माग्नु भयो गलत कुरा हो । तर, अहिलेको परिस्थितिमा उहाँले आफूलाई परीक्षा पनि गर्नुभएको होजस्तो लाग्छ । पार्टीमा छिटफुट प्रश्न आए पनि अहिलेको सर्वमान्य नेता उहाँ नै हो । कार्यकाल बाँकी छँदै ओलीले महाधिवेशनको प्रस्ताव गरेर पद छाड्न भनेर आलोचना गर्नेलाई जवाफ दिएको हो जस्तो लाग्छ ।

ओलीबिना पार्टी चल्दैन जस्तो किन लागेको ?

मैले त्यस्तो भन्न खोजेको पनि होइन । सधैँ उहाँ अध्यक्ष पक्कै बन्नु हुँदैन । तर, अहिलेको परिस्थिति बेग्लै छ । देशी, विदेशी शक्तिहरूको चलखेल गरेको कुरा आइरहेको छ । यस्तो बेला राष्ट्रियताको अडान लिएर स्वाभिमानको पक्षमा निडर भएर उभिन सक्ने नेता उहाँ नै हो । यो जटिल परिस्थिति छ । यही बेला उहाँको विकल्प खोज्न सकिए एमाले कमजोर बनाउन सकिन्छ भन्ने पक्षलाई कुनै हालतमा बल पुर्‍याउन दिनु हुँदैन ।

ओली पक्षमा उभिएर तपाईंले केही लाभ लिन त खोज्नुभएको होइन रु

मेरो राजनीतिक इतिहास हेर्नुस्, म मागेर नभई जिम्मेवारी डटेर पूरा गरेका कारण भूमिका पाएर आएकी योद्धा हुँ । हिजो पार्टीले दिएका कुनै पनि जिम्मेवारी र जनताले चुनेर पठाएको ठाउँमा कमजोर भूमिका खेलेको छैन । मलाई पार्टी संगठनमा काम गर्न पद चाँहिदैन । मेरो कुरा यत्ति हो, अरुलाई प्रश्न गर्नेले आफूप्रति फर्किएका प्रश्नको भागिदारचाहिँ बन्नुपर्छ ।

हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी ओलीकोलाई गरेको आलोचनाप्रति तपाईंको धारणा के छ?

म त्यहीँ छु, बाहिर हल्ला गरिएजस्तो त्यति धेरै आलोचना भएको छैन । हिजो अध्यक्षले एकताका साथ ल्याउनुभएको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । त्यसबारे सदस्यहरूले सन्तुलित धारणा राख्नुभएको छ । यो बैठकप्रति हामी एकदमै उत्साहित छौँ ।

धेरै नेताहरूमा विभाजित मानसिकता देखिन्छ । बैठकले एकता कायम गर्न सघाउ पुर्‍याऊला त ?

ढुक्क हुनुस्, यो नेकपा ९एमाले०को बैठक सकेर निस्किँदा विभाजित मानसिकताले होइन, एकताको सन्देश दिने गरी सबै नेताहरूको मनोबल उच्च हुनेछ ।

 

प्रकाशित मिति: २०८२ आश्विन ३०, बिहिवार १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको