काठमाडौं, कात्तिक ३। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राजनीति मुक्त बनाउन प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने प्रावधान हटाउनु पर्ने बताएका छन ।
विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराउदै उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने , ‘ विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको छ ।’
‘भिसि (उपकुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्री पुनले भने, ‘राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आको छ । मस्यौदा बनाउनेछ ।’
‘कुलपति प्रधानमन्त्री हुने चलन छ । अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ । छलफल हुँदैछ,’ उनले भने ।






