निर्वाचनअघि जेडीयूमा बगावत , पूर्व सांसदसहित नेताहरूले छाडे जिम्मेवारी



एजेन्सी, कात्तिक ७ । आसन्न बिहार विधानसभा चुनाव २०२५ भन्दा अघि जनता दल युनाइटेड जेडीयूमा बगावत देखा परेको छ । औरंगाबाद जिल्लाको नवीनगर क्षेत्रबाट पार्टीका पूर्व विधायक (सांसद) वीरेंद्र कुमार सिंहसहित धेरै वरिष्ठ पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।

पूर्व विधायक वीरेंद्र कुमार सिंहले पत्रकार सम्मेलनमार्फत पार्टी नेतृत्वमाथि स्थानीय कार्यकर्ता र जनताको अपमान गरेको आरोप लगाएका छन्। उनले भने, “नवीनगरका कार्यकर्ता र जनतालाई बेवास्ता गर्दै ३०० किलोमिटर टाढाबाट बाहिरी उम्मेदवार थोपिनु अपमानजनक हो । यो नवीनगरका जनताको अपमान हो, जसलाई स्वीकार गर्न सकिँदैन।”

वीरेंद्र सिंहले स्पष्ट गरे कि उनीहरू पार्टी छोड्का छैनन् तर अब कुनै पनि संगठनात्मक जिम्मेवारीमा रहने छैनन्। उनका अनुसार, “हामी जेडीयूमै रहनेछौं, तर यस्तो अवस्थामामा पदमा रहनु बेइमानी हुनेछ। टिकट वितरणमा स्थानीय नेताहरूको उपेक्षा भएकोले हाम्रो मनोबल कमजोर भएको छ।”

उनले भने, “यदि नवीनगरबाट स्थानीय कार्यकर्तालाई टिकट दिइएको भए हामी सबै मिलेर चुनाव जित्ने काम गथ्र्यौं। तर बाहिरी उम्मेदवार थोपिँदा कार्यकर्तामाझ असन्तुष्टि फैलिएको छ। अब प्रचारप्रसारमा कोही पनि कार्यकर्ता संलग्न हुने छैनन्, निर्णय जनतामाथि छाडिएको छ।”

जेडीयू नेताहरूको सामूहिक राजीनामापछि नवीनगर क्षेत्रमा पार्टी कमजोर हुने अनुमान गरिएको छ। स्थानीय तहमा संगठनात्मक विच्छेदले विपक्षी दलहरूलाई फाइदा हुने देखिएको छ। अब सबैको नजर पार्टी नेतृत्वतर्फ छ — बगावत थाम्न उसले कस्तो कदम चाल्छ भन्ने प्रतीक्षामा सबै छन्।

प्रकाशित मिति: २०८२ कार्तिक ८, शुक्रवार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको