विश्वकप क्रिकेट लिग-२ मा जित्नैपर्ने दबाबसहित नेपाल आज अमेरिकासँग भिड्दै



काठमाडौं, कात्तिक १५ । यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल आज अमेरिकासँग तेस्रो खेल खेल्दै छ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार विहान ११:१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि खेलेका दुबै खेलमा पराजय व्यहोरेको छ। पहिलो खेलमा अमेरिका विरुद्ध १०६ रनले लज्जास्पद हार खेपेको नेपाल दोस्रो खेलमा बिहीबार आयोजक यूएईसँग ५ विकेटले पराजित भएको थियो।

लगातार दुई हारपछि नेपालमाथि अबका बाँकी खेल जित्नुपर्ने दबाब बढेको छ। आजको खेल नेपालका लागि शृंखला टिकाउने निर्णायक अवसर मानिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १५, शनिबार ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको