रुकमिणी साह
जनकपुरधाम, कात्तिक २२ । नेकपा माओवादी केन्द्र सहितका १० बाम घटकको एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टीका युवाहरुले नेपाली कम्युनिष्ट पार्टी जेन–जेड फ्रन्टको घोषणा गरेका छन ।
फ्रन्टका संस्थापक श्याम कुमार साहले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि पार्टी भित्रै जेन–जेडहरुको मांग जोडदार रुपले उठाउन जेन–जेड फ्रन्टको घोषणा गरिएको बताएका छन ।
उनले पार्टीमा विद्रोह नभई पार्टी भित्रै विद्रोहको रुपमा आफुहरुलाई अगााडी बढाएको बताए । उनले स्वतन्त्र युवाहरु मात्र जेनजी नभई पार्टी भित्रका युवाहरु समेत जेन जेड रहेको बताए ।
अहिलेको समिति संस्थापक समिति रहेको र यसको विस्तार देशै भरि छिट्टै हुने बताएका छन ।






