उद्योगी को पीरमर्का हाम्रो पनि हो : प्रधानमन्त्री कार्की



काठमाडौं,कात्तिक २२ । प्रधानमन्त्री सुशीला कार्की ले उद्योगी हरूको पीरमर्का सरकारको पनि भएको बताएकी छिन् ।

शुक्रबार राष्ट्रिय आर्थिक बहस २.० मा निजी क्षेत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

‘तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन् । उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उद्योग व्यवसायबिना देश बन्न नसक्ने जिकिर गर्दै उनले उद्योगीको मनोबन नउठेसम्म अर्थ व्यवस्था उठ्न नसक्ने बताइन् ।

‘कुनै पनि व्यवसाय, उद्यमीको सपना, वित्तीय क्षेत्रको लगानी, पेसाकर्मीहरूको दक्षता र श्रमिकहरूको पसिनाले सिञ्चित हुन्छ, जसमा समाज र सरकारको भूमिका उचित वातावरणको निर्माणमा केन्द्रित हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

प्रकाशित मिति: २०८२ कार्तिक २२, शनिबार १६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको