राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै



काठमाडौं ,कात्तिक  २३ । राष्ट्रिय सभा को बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको छ ।

‘आन्तरिक काम सुरु भएको छ । हल व्यवस्थापनको लागि करिब ३० लाखको एस्टिमेट छ’, अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भने ।



हल नहुँदा राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । हल व्यवस्थापन पनि भइसक्ने र अधिवेशन बोलाउन सकिनेबारे छलफल चलिरहेको छ ।

अध्यक्ष दाहालका अनुसार आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउन सकिन सुझाव दिइएको छ ।

‘मंसिर १५ गतेभित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिइएको छ’, प्रधानमन्त्री सुशीला काकीलाई दिएको सुझावबारे अध्यक्ष दाहालले विधायन समितिको बैठकमा भने ।

अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाप्रति सकारात्मक रहेको पाएको बताए ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतवार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको