भारतको नयाँ दिल्लीमा भएको विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुस्ख व्यक्त



काठमाडौं ,कात्तिक  २५ । भारतको नयाँ दिल्लीस्थित लाल किल्लानजिकै भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले दुस्ख व्यक्त गरेकी छन् । कार्कीले आज सामाजिक सञ्जालमा विस्फोटको घटनाले स्तब्ध भएको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छन्, ‘हिजो साँझ दिल्लीमा भएको दुःखद विस्फोट घटनाबाट म स्तब्ध र दुःखी भएको छु । पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्ध छ ।’

नयाँ दिल्लीमा सोमबार साँझ कार विस्फोट भएको थियो । विस्फोटमा परेर ८ जनाको ज्यान गएको पुष्टि भएको छ ।

प्रकाशित मिति: २०८२ कार्तिक २६, मंगलवार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको