महोत्तरी, कात्तिक २८ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेज गर्न माग गर्दै ७ दलीय गठबन्धन ले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ।
गठबन्धनका नेताहरूले बर्दिबासस्थित एक होटलमा तत्कालीन प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले पार्टीको आधारमा सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै, सो नियुक्तिलाई तत्काल खारेज गर्न माग गरे।
आन्दोलनमा सहभागी दलका कार्यकर्ताहरूले ‘होटल–सरकार मुर्दाबाद’, संघीयता बचाऊ’, जस्ता नारासहित विरोध र्याली निकालेका थिए।
गठबन्धनका नेताहरूका अनुसार मधेश प्रदेशमा एमालेका नेतृत्वले संघीयता कमजोर पार्ने उद्देश्य राख्दै ‘होटल–सरकार’ जन्माएको दाबी गरिएको छ। उनका अनुसार यसले प्रदेश सरकारको नैतिकता, प्रक्रिया र जनमतविरुद्ध काम गरेको छ।






